Comments Add Comment

दक्षिण कोरियामा भागदौड प्रकरणः गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

सीउल–दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ । अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।

विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक–योलले गृहमन्त्रीको  राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरेमा डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।

आन्तरिक मन्त्रालयले दक्षिण कोरियाको पुलिसको निरीक्षण गर्दछ, जसलाई सियोलको इटावनमा भएको घटनाका लागि आलोचना गरिएको छ । देशका प्रहरी प्रमुख युन हे–कुनले आपतकालीन जबाफ ‘अपर्याप्त’ भएको भन्दै घटनाबारे पूर्ण अनुसन्धान गर्ने वाचा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ