रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा जारी भलिवल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले हात पारेको छ। फाल्गुनन्दले आयोजक माइती नेपाललाई हराउँदै उपाधि हात पारेको हो। फाल्गुनन्दले आयोजकलाई २३–२५, १९–२५ र १९–२५ को अन्तरले हराउँदै उपाधि हात पारेकोे थियो। उपाधिसंगै फाल्गुनन्दले नगद ३० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ। उपविजेतामा चित्त बुझाएको आयोजकले नगद २० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै प्रतियोगिताको तेस्रो उपाधि अर्थे युवा क्लव सिवा फिदिमले हात पारेको छ। उस्ले नगद १० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो। प्रतियोगिताको पहिलो, दोस्रो र तेश्रो पुरस्कार कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती कुम्मायक–२ का वडाअध्यक्ष बालकृष्ण सेर्माले हस्तान्त्रण गरेका थिए ।
बुधवार कुम्मायक–२ को गौरिगाउँ खेलमैदानमा भएको प्रतियोगितामा त्रिवेणी युवा क्लव वसाँगुलाई सोझो सेटमा हराउँदै आयोजक फाइनलमा पुगेको थियो। त्यस्तै फाल्गुनन्द–४ ले फिदिम नगरपालिकाको अर्थे युवा क्लवलाई सोझो सेटमा हराउँदै आयोजकसंग फाइनल खेलको लागि भेट पक्का गरेको थियो। प्रतियोगिताको तेस्रो उपाधिको लागि त्रिवेणी युवा क्लव वसाँगु र अर्थे युवा क्लव भिडेका थिए । अर्थे युवा क्लव फिदिमले त्रिवेणीका लागि १४–२५, १७–२५ र १८–२५ को जित निकाल्दै तेस्रो उपाधिमा चित्त बुझाएको थियो । त्रिवणीले २१–२५ को एक सेट जितेको थियो भने दुई सेट गुमाएर प्रतियोगिताबाट बाहिरियो।
प्रतियोगिता सम्पन्न गर्ने सहयोगदाता, जग्गादाता, संस्थापक सदस्य र प्रमुख अथिति लगायतलाई प्रशंसा पत्र, सम्मान पत्र र मायाँको चिनो प्रदान गरिएको आयोजक माइती नेपाल स्पोर्टिङ क्लवका अध्यक्ष गोपिन्द्र बस्नेतले बताए । चार दिनसम्म संचालन भएको भलिवल प्रतियोगितामा फिदिम नगरपालिका, तुम्बेवा र फाल्गुनन्द सहित १४ टीम सहभागी थिए। प्रतियोगिता माइती नेपाल स्पोर्टिङ क्लव माङजाबुङको आयोजना गरेको हो।
.png)