रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी निम्न माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच ५० हजार ५ सय रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । कुम्मायक–५ नरकटे घर भई हाल काठमाडौं बसोबास गर्ने पुनम भण्डारीले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेकी छन् । स्वगीय बुबा रञ्जित भण्डारी र आमा गंगादेवी भण्डारीको स्मृतिमा विद्यालयमा ५० हजार ५ सय रुपैयाँको अक्षयकोष स्थापना गरेको भण्डारीले बताइन् ।
विद्यालयमा स्थापना गरेको अक्षयकोषको व्याजद्धरबाट कक्षा १ देखि ८ सम्म अध्यायन गर्ने विपन्न समुदायका बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई थियो । अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यपक भक्त बहादुर तामाङलाई हस्तान्त्रण गर्दै औपचारिक रुपमा अक्षयकोष स्थापना गरेको भन्दै आवश्यकता अनुसार क्रमश: वृद्धि गर्दै लाने परिवारले जनाएको छ । यस अघि पनि सोही विद्यालयमा ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना भएको थियो ।

.png)