रमेश थापा
यासोक– पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी आयोजनाको बिल काउटर गाउँपालिकाको कार्यालयमा सारिएको छ । तमोर पंम्पिङ खानेपानी उपभोक्ता समितिको बैठकले कात्तिक १५ गतेदेखि गाउँपालिकाको कार्यालयबाट महसुल बुझाउने बिल काउटर संचालनमा ल्याएको हो।
यस अघि कुम्मायक–४ रानीगाउँमा रहेको उपभोक्ता समितिको कार्यालयबाट सुचारु गरिएको थियो । तर महसुल बुझाउन सेवाग्राहीलाई समस्या भएको भन्दै समितिले बिल काउन्टर गाउँपालिकाको कार्यालय स्थीत यासोक बजारबाट संचालनमा ल्याएको समितिका अध्यक्ष मेघराज निरौलाले जानकारी दिए।
.png)