रमेश थापा
पाँचथर / प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले व्यावसायिक शिक्षालाई जोड दिनु पर्ने बताएका छन । व्यावसायिक शिक्षा र प्रविधि अनुसार अघि बढ्न नसक्दा कलेज र क्याम्पस बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको भन्दै प्रविधि र बजारको आवश्यकतालाई हेरेर समय अनुकुल परिवर्तन गर्नु पर्नेमा जोड दिए ।
पाँचथरको कुम्मायक गाउँपालिका—१ स्थीत यासोक क्याम्पसको १६ औं स्थापना दिवसमा नवनिर्मित भवन उत्घाटन एवं शिलालेख अनावरण कार्यक्रमा उनले यस्तो बताएका हुन । यासोक क्याम्पसमा अहिले देखा परेको इ—लाइभ्रेरी र क्याम्पस संचालन खर्चको लागि केही बजेको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
प्रदेश सरकारले क्याम्पस र कलेजको शैक्षिक क्षेत्रको लगानीमा प्राथमिकता दिएको बताए । उनले प्रदेशमा भौतिक क्षेत्रमा ठुलो लगानी गरे पनि समय अनुकुल शैक्षिक गुणस्तमा सुधार नगरे लगानी खेर जाने परिस्थितिको सिर्जना भएको धारणा राखे । प्रदेशमा १ सय १६ कलेज रहेको स्मरण गर्दै मन्त्री आङ्वोले भन्े “अहिले श्रोत सुनिस्चित र दीर्घकालीन लक्ष्य बिना विद्यार्थी संख्याको आधारमा कलेज खोल्ने प्रचलन छ । जस्का कारण राज्यको धेरै ठुलो खर्च बिभाजन हुदा खर्च जुटाउन नसक्दा कलेज संचालनमा कठिनाइ उत्पन्न भएको छ । यसले दीर्घकाली असर गर्छ । त्यसैले यस्तो अवस्था सृर्जना हुन दिनु हुदैन ।”
एक फरक प्रसंगमा उनले पाँचथरको विकास र समृद्धिको क्षेत्रलाइ केन्द्रमा राखेर काम गरेको भन्दै जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई कालो पत्रेमा जोड्ने काम अघि बढेको बताए । उनले मौवा, आङ्ना हुदै लखुवा दोभानसम्मको तमोर कोरिडोरमा कालो पत्रेको काम सुरु हुने र यासोक सावा सेरा जोड्ने मोटर बाटोमा १० करोड बजेट व्यावस्थापन गरेको उल्लेख गरे । उनले अन्य सडक कालो पत्रे हुदै गरेको र केही सडक प्रकृयामा अघि बढेको समेत बताए ।१६ कोठे क्षमता भएको दुइ तले पक्की भवन २ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण गर्न सहयोगिदाताको ३३ लाख ८ हजार ७ सय ५९ रुपैयाा, संघीय सरकार र गाउापालिकाको साझेदारी रकम साथै विश्व विद्यालय अनुदान आयोगको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।
भवन निर्माणको लागि स्व. मनबहादुर लावतीले ८ रोपनी र मेघराज निरौला र बिपिन निरौलाले ४ रोपनी ४ आना तीन दाम गरी १२ रोपनी जग्गा निशुल्क दान गरेका थिए । उत्घाटन कार्यक्रममा जग्गादाता, सहयोदाता, क्याम्पसका संस्थापक सदस्य र सल्लाहकार शिक्षक सम्मान गरिएको थियो । क्याम्सबाट सर्वोकृष्ठ अंक ल्याउने ५ जना विद्यार्थीलाई सम्मान गरिएको संचालक समितिका उपाध्यक्ष तथा वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । कार्यक्रम संचालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)