रमेश थापा
पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिकामा संचालित पुरुष नकआउट खुल्ला प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ। शुक्रवार गाउँपालिकाको फाक्तेपमा भएको फाइनल खेलमा अभ्यास अनुभव एण्ड कन्ट्रक्सन प्रा.लि फाल्गुनन्दलाई २–० ले हराउँदै साझा युवा क्लव नेपाल कुम्मायकले उपाधि उचालेको हो ।
कुम्मायकलाई उपाधि दिलाउन खेलको अन्तिम समयमा निर्देश राई र दिल कुमार सम्बाहाम्फेले गोल गरेका थिए। अभ्यासले पाएका महत्वपूर्ण अवसर गुमाउँदा उपविजेतामै चित्त बुझायो। उपाधिसंगै कुम्मायकले नगद ५० ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो। त्यस्तै उपविजेतामा चित्त बुझाएको अभ्यासले नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र हात पा¥यो ।

प्रतियोगिताको हाइस्कोरल साझा युवा क्लवका दिल कुमार सम्बाहाम्फे, उत्कृष्ट खेलाडी हेमन्त दर्नाल घोषित हुदै नगद, ट्रफि र प्रमाण पत्र हात पारे । त्यस्तै अभ्यासका बेष्ट किपर एहाङ लिम्बू घोषित भए। प्रतियोगिताको बिजेता टोलीलाई गाउँपालिका अध्यक्ष वृर्जहाङ आङ्देम्बे र कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले पुरस्कार बितरण गरेका थिए ।
त्यस्तै उपविजेता टोलिलाई फाल्गुनन्द–४ र ५ का वडाअध्यक्ष दल प्रसाद नेम्वाङ र विष्णु कुमार चेम्जोङले पुरस्कार प्रदान गरेका थिए । कात्तिक १० गतेदेखि संचालन भएको प्रतियोगितामा पाँचथर र इलाम सहित ३० टीमको सहभागीता रहेको थियो । प्रतियोगिता आयोजक हाङ पृथीसिं युवा क्लवले आयोजना गरेको हो ।
.png)