Comments Add Comment

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं, २६ मंसिर

प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन् । धनगढी उप-महानगरपालिका–१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नाै थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्रउ गरेको हो । 

 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ