Comments Add Comment

दोश्रो द्वितिया मेला साँगितिक साँझः तृष्णा गुरुङ र सविना योङ्हाङ्को प्रस्तुती हुने

रमेश थापा
पाँचथर -दिपावलीको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को वासाँगुमा दोश्रो द्वितिया मेला साँगितिक साँझमा चर्चित गायिक तृष्णा गुरुङ र सविना योङ्हाङ्ले प्रस्तुती दिने भएका छन। मेलाप्रेमी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले चर्चित गायिक गुरुङले बिशेष प्रस्तुती दिने आयोजकले जनाएको छ। मंसिर १ गते हुने दोश्रो द्वितीया मेला साँकृतिक साँझमा गुरुङ र योङ्हाङसंगै गायक नोगेन हाङ्सरुम्बा र गायक तथा सङ्गितकार एकान्त आङ्देम्बेको पनि प्रस्तुती रहने आयोजक त्रिवेणी युवा क्वल नेपाल फाल्गुनन्दले जनाएको छ।
द्वितिया मेलाको अवसरमा साँकृतिक कार्यक्रमको रुपमा केलाङ, पालाम, ख्याली लगायतका विविध कार्यक्रमहरु समेत रहेका छन। मेला कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म संचालन बताइएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ