रमेश थापा
पाँचथर: पाँचथरको वासाँगुमा जारी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको सुरुवाती खेलमा आयोजकलाई हराउँदै कुम्मायक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। दिपावलीको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगिताको पहिलो चरणको खेलमा पहिलो सेट जितेको कुम्मायकले दास्रो सेट गुमाएको थियो। तर तेस्रो सेट सुरक्षित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । त्यस्तै क्वाटर फाइनलमा भने क्रमशः फिदिम नगरपालिका, हिलिहाङ, फाल्गुनन्द र याङवरक गाउँपालिका प्रवेस गरेका छन।
कात्तिक ३० गते भएको दोस्रो चरणको खेलमा इलाम नगरपालिकालाई सोझो सेटमा हराउँदै फिदिम नगरपालिका र मिक्लाजुङलाई हराउँदै हिलिहाङ गाउँपालिका क्वाटर फाइनलमा प्रवेश गरका छन । त्यस्तै फाक्फोकथुम इलामलाई हराउँदै फाल्गुनन्द गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकालाई हराउँदै पाँचथरको याङवरक गाउँपालिकाले क्वाटर फाइनलको यात्रा पक्का गरेका छन । मंसिर १ गतेको पहिलो खेल तुम्बेवा र फालेलुङ गाउँपालिका बीच हुने भलिवल खेल संयोजक एकान्त कुरुम्बाङले जानकारी दिए।
प्रतियोगिताको बिजेताले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपबिजेताले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ।
त्यस्तै मेलामा केलाङ प्रतियोगिता, हाक्पारे, पाःलाम् लगायतका वृहत साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। केलाङ प्रतियोगितातर्फ बिजेताले नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र पाउने छन भने् उपबिजेताले नगद १२ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए।

.png)