Comments Add Comment

यस्तो छ यमनविरुद्ध खेल्ने नेपाली प्लेइङ एघार

काठमाडौं, ५ मङ्सिर । नेपालले आज साँझ ७ बजेपछि यमनसंग विश्वकप छनौट अन्तर्गतको खेल खेल्दै छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने प्लेइङ ११ सार्बजनिक गरेका छन् ।

यमनविरुद्ध खेल्ने नेपाली प्लेइङ ११ मा किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, सनिष श्रेष्ठ, रोहित चन्द, एरिक बिष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दीनेश हेन्जन, जिलेस्पीजंग कार्की, आशिष चौधरी र अन्जन विष्ट रहेका छन् ।

यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४- ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ