Comments Add Comment

जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुईजना पक्राउ

सुधा देव

सप्तरी, १० मंसिर । राजविराजमा महिलालाई जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुईजना पक्राउ परेका छन् । 

आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ बर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो । 

दुबैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ