पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाले किसानलाई च्याप कटर बितरण गरेको छ । गाउँपालिकाले पशुपालक किसानको छनोट गरी च्याप कटर बितरण गरेको हो । गत आर्थिक वर्ष २०७८/०७९ को ३ लाख ४ हजारको बजेट बाट खरिद गरेको ८ वटा च्याप कटर मेसिन किसानलाई बितरण गरेको हो ।
गाउँपालिकाको पाँच वटा वडाका ८ जना किसानलाई ३८ हजार मुल्य बराबरको च्याप कटर मेसिन बितरण गरिएको पशु पन्छी शाखाका प्रमुख कपिल देब मल्लले बताए । उनका अनुसार गाउँपालिकाले कुम्मायक—१ का बिक्रम लावती, सोमबारे लावती, २ का सीता लावती र कमल निरौलालाई बितरण गरेको त्यस्तै वडा नं. ४ का कुबेर सिंह सम्बाहम्फे यसै गरी कुम्मायक ५ का मनोज घिमिरे र खड्क चेम्जोङलाई उक्त मेसिन बितरण गरको जनाएका छन ।
कृषि पेशा संचालन गर्दै आएका किसानको आयआर्जनमा बृद्धि गर्ने उदेश्यले घाास काट्न प्रयोग गरिने च्याप कटर बितरण गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । उनले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई थप प्राथमिकता समेत दिएको जनाएका छन ।
.png)