पाँचथर-नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी चयन भएका छन् । आइतवार फिदिममा सम्पन्न आठौं जिल्ला अधिवेशनले भण्डारीको नेतृत्वमा ५ सदसीय पदाधिकारी सर्बसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा (बिमल) तथा उपसचिवमा पृथ्वी लावती र नरबहादुर गुरुङलाई निर्विरोध चयन गरिएको निर्वाचन अधिकृत नवराज घिमिरेले जनाए ।

यसै गरी ८५ जना जिल्ला सदस्यको नाम अध्यक्ष मण्डलका तर्फबाट केद्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङले हलमा पेश गरेका थिए । उनले पेश गरेकै सदस्यहरुको मनोनयन दर्ता गराएर निर्विरोध चयन गराउने प्रयास भइरहेको जनाइएको छ ।

.png)