रमेश थापा
पाँचथर । पाँचथरको जिल्लामा सर्बाधिक पुरस्कार राशि भएको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप हुने भएको छ । फिदिम मा.वि.को खेलमैदानमा मंसिर १५ देखि २३ गतेसम्म किराँत गोल्डकप सञ्चालन हुने आयोजक पाँचथर फुटबल क्लबले जनाएको छ । प्रतियोगितामा भारत सहित देशका आठ टीमको सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टीम सार्वजनिक गरिएको छ। जस अनुसार आयोजक पाँचथर फुटबल क्लब, रेडहर्ष फुटबल क्लब ईलाम, कर्ण सिं सोनाम स्मृति क्बल ताप्लेजुङ, मितेरी फुटबल क्लब तेह्रथुम, हिमालयन शेर्पा क्लब काठमाडौं रहेका छन। त्यस्तै रेड हर्ष फुटबल क्लब मोरङ, युनाईटेड फुटबल क्लब दार्जिलिङ र बिर्तामोड युनाईटेड झापा सहभागी हुने निश्चित भएको क्लवका अध्यक्ष अनुराग केच्छाकी मगरले जनाए।

प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो पुरस्कार दूई लाख दूई हजार दूई सय २२ रुपैँया रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए । प्रत्येक खेलाको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ। प्रतियोगिताको मूख्य प्रायोजन वाईवाई चाउचाउले गरेको छ। प्रतियोगिताको तयारीको लागि खेल मैदान सरसफाइ र प्याराफिट निर्माणको काम भइरहेको आयोजक संस्थाले जनाएको छ।

.png)