रमेश थापा
पाँचथर-पछिल्लो समयमा युवाहरु बैदेशिक रोजगारीको शिलशिलमा बिदेशीने गरेका छन। जसका कारण देश युवा बिहिन हुने थालेको छ। तर पाँचथरका एक युवाले तमोर नदिको किनारमा भबिष्य खोज्न थालेका छन। खेर गइरहेको तमोर नदि किनारमा बोट संचालन गरेर दैनिक दश हजारदेखि बीस हजारसम्म आम्दानी गर्न सफल भएका छन्।
प्रायजसो नदीको किनार र बगर त्यसै खेर गइरहेका हुन्छन्। कतिपय नदि र बगरहरु भने आयआर्जन गर्ने मुख्य थलो पनि बन्दो रहेछन्। नेपालमा दर्जनौ खोला तथा नदिहरु छन्। त्यस नदिको आसपास साँगुरो तथा फाटिलो नदि किनार र बगर हुन्छन्। त्यहि नदि किनार र बगर क्षेत्रले सबैको मन लोभिन सक्दैन। तर पाँचथर र तेह्रथुम जिल्लाको सिमानामा पर्ने माझिटार तमोर नदि किनार भने यतिबेला दैनिका तिन जनादेखि पाँच जनसम्मले नदिको बगरलाई रोजगारको थलौ बनाएका छन्।
सोही तमोरको किनारमा भबिष्य खोज्दै बोट चलाएर दैनिक दस हजारदेखि पच्ची हजारसम्म आम्दानी गर्दै आएको स्थानीय व्यावसायी दिपेन्द्र तुम्बापोले बताए। आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्रको रुपमा बिस्तार र सेवा दिने उदेश्यले व्यावसाय संचालन गरेको तुम्बापोले बताए। ‘पर्यटकहरुको इच्छा र चहाना अनुसार क्याम्प, सुईमिङ लगायतका सेवा सुविधा उपलब्ध गराएको उनको भनाइ छ।
तमोर नदिमा पानीको बहाव र बगर क्षेत्र फाटिलो भएर बोट संचालन हुनथालेसंगै रोजगारको थलो बनेको हो। पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाबासी सोही नदिमा संचालन भएको बोटसवार गर्दै आएका छ्न। त्यस क्षेत्र हुदै जाने मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण तमोर कोरीडोर फाष्ट ट्याक सडक हुदै पाथिभरा दर्शन गर्ने र कञ्चन्जङ्गा पदयात्रीले पनि बोटमा चढ्ने गरेका छन्। बोट चढेर नदिमाथी आनन्द दिने पर्यटकहरुको घुइचो छ।
बीस लाख रुपैयाँको लागतमा संचालन गरेको बोटमा सवार गरे बापत दुईसय तिर्न पर्छ। बोट संचालन भएपछि पयर्टकहरुको चहलपहल हुन थालेको छ। तमोर किनारमा बसोबास गर्ने माझी र होटल संचालनको आर्थिक सुधार हुन थालेको स्थानीयको भनाइ छ।
.png)