रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका—२ स्थीत माङजाबुङको चौथी बजारमा पहिलो पटक बस पुगेको छ। माङजाबुङमा पहिलो पटक बस पुगेपछि स्थानीय उत्साहित भएका छन। ग्रामिण क्षेत्रका नागरिकलाई यातायातमा सहज सुविधा उपलब्ध गराउने उदेश्यले बस संचालनमा आएको हो।
जिल्लाको तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा, साँवा खोला, धुपिङ हुँर्दै माङजाबुङको चौथी बजारमा पहिलो पटक बस सेवा संचालनमा आएको होे। गाउँमा बस पुगेपछि उत्साहित भएका स्थानीयले चालक र सहचालकलाई फुलमालाले सम्मान गरेका छन। हप्तामा चार दिनसम्म बसले सेवा दिने भएको छ। बसले चौथीबाट तुम्बेवा, तामोर करिडोर हुँदै धरान, दमक देखि बिर्तामोडसम्म आवतजावत गर्ने न्यु तुम्बेवा यातायातका संचालक दिपक कार्कीले बताए।
वडाले चौथी बजारबाट धुम्पिङ हुदै साँवा खोलासम्म सडक मर्मत गरेपछि बस पूर्ण रुपमा संचालनमा आएको वडा सचिब दिपक नेम्बाङले बताए। तर हिंउदको समयमा बस संचालनमा आएपनि बर्खामा समस्या हुने गरेको छ। वडाले सडकलाई व्यवस्थित गर्दै बाह्रै महिना सडक संचालमा ल्याउनु पर्ने माग गरेका छन। स्थानीयले यसअघि माङजाबुङको चौथीबाट फिदिम सदरमुकामसम्म र माङ्जाबुङ देखि झापासम्म जीपबाट यात्रा गर्दै आएका थिए।
.jpg)
.png)