Comments Add Comment

कुम्मायकमा शल्यकृया सहितको आँखा शिविर संचालन हुने

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा आँखा शिविर संचालन हुने भएको छ। यासोक बजारको आँखा उपचार केन्द्रमा यहि मंसिर १७ देखि १८ गतेसम्म आँखा शिविर संचालन हुने भएको हो। रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा संचालन हुने आँखा शिविरमा मोति विन्दुको निशुल्क शल्यकृया, निशुल्क आँखा जाँच तथा परीक्षण साथै चस्मा र औषधी वितरण हुने भएको छ। दुइ दिनसम्म संचालन हुने शविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, सेवा फाउण्डेसन काठमाडौं र कुम्मायक गाउँपालिकाले सयुक्त रुपमा आयोजना गर्न लागेका हुन।
कुम्मायकका नागरिकलाई आँखा उपचारको सहज पहुँच पु¥याउने उदेश्यले शिविर संचालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। शिविर संचालन बारे पालिकाबासीलाई प्रचार प्रसारको माध्यमबाट जानकारी गराएको गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ