Comments Add Comment

नवमीडाँडामा सडक नाटक मञ्चन

दिपक दुलाल, मंसिर १६
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेचनामूलक सडक नाटक मञ्चन गरिएको छ।  ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि चेतनामूलक नाटक फाल्गुनन्द १ को नवमीडाँडा बजारमा मञ्चन गरिएको हो। 

नाटकले नेपाली समाजमा गरिबी र अशिक्षाका कारणले हुने लैंगिक हिंसा तथा बालविवाहले पु¥याउँने असरलाई विषयवस्तु बनाएर लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण गर्नुपर्ने सन्देश दिएको थियो ।
प्रेम नेपाल र कमल घिमिरेको परिकल्पना तथा लेखन र कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे,बर्षा खवास,कविता नेम्वाङ प्रेम नेपाल,कमल घिमिरे,कुमार ढकाल,रजनी हाङ्स्रुम्बा,आर्या चापागाईं लगायतले अभिनय गर्नुभएको थियो।
फाल्गुनन्द गाउँपालिकाका विभिन्न स्थानमा प्रस्तुत गर्ने कार्यक्रम रहेको उक्त नाटक यस अघि आज नै फाल्गुनन्द ३ को राँके बजारमा मञ्चन गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा युगिन थिएटर पाँचथरद्धारा नाटकको प्रस्तुती गरिएको हो। 


   
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ