रमेश थापा
पाँचथर । पाँचथरको फिदिममा सम्पन्न प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन मोरङको डाँगीहाट फुटबल क्लब बनेको छ। फिदिम माविको मैदानमा शनिबार भएको उपाधि भिडन्तमा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मोरङ च्याम्पियन बनेको हो।
उपाधि हात पारेसंगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैँया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपबिजेतामा चित्त बुझाएको बिर्तामोडले २ लाख २ हजार २ सय २२ रुपैँया नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको । प्रतियोगिताको बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक, पूर्वाधार तथा योजना मन्त्री कमल प्रसाद जबेगुले पुरस्कार प्रदान गरे।
फाइनल खेलमा मोरङको जितका लागि सञ्जय धिमाल र उमेश राईले गोल गरे। झापाका योगेश गुरुङले सान्तवना गोल फर्काएका थिए । खेलको ११ औँ मिनेटमा मोरङका सञ्जयले सुरुवाती गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङकै उमेशले थप गोल गरेर जितलाई पक्का गरे। झापाको सान्तवनाका लागि दोस्रो हाफको अतिरिक्त समयमा योगेस गुरुङले गोल फर्काएका थिए । खेलको अन्तिम समयमा निकै आक्रम खेलको झापाले थप स्कोर गर्न नसक्दा मोरङले उपाधि कब्जा गरेको हो।
फाइनल खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । उदयमान खेलाडीको रुपमा आयोजक पाँचथर फुटबल क्बलका शुकराज राई पुरस्कृत बने । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । मोरङका प्रमिजय गच्छदार उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत बने । मोरङका उमेश कार्की उत्कृष्ट मिडफिल्डरको रुपमा पुरस्कृत बने । मोरङका राजन लिम्बू उत्कृष्ठ प्रशिक्षकको रुपमा पुरस्कृत बने । उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।
खेल अवधिभर तीन गोल गरेका मोरङका सञ्जय धिमाल सार्बाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे। मोरङका अभिशेक लिम्बू म्यान अफ दी टुनामेन्टको रुपमा पुरस्कृत बने। उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा भारत सहित नेपालका आठ टिमले सहभागिता जनाएका थिए। जिल्लामा सार्बाधिक पुरस्करा राशिको यो प्रतियोगिता पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मागरको अध्यक्षतामा सम्पन्न भएको हो।
.png)