Comments Add Comment

कुम्मायकमा जसपाको पुर्नरगठन, कोशी नाम खारेजीको बिषयमा ऐक्यवद्धता

रमेश थापा
पाँचथर: 
पाँचथरको कुम्मायक गाउँपालिकामा जनता समाजबादी पार्टी (जसपा) नेपालको ५६ सदस्यीय समिति पुनर्गठन गरिएको छ। स्थानीय आवसिय भवनको सभाहलमा भएको कार्यक्रमले तारानाथ सम्बाहाम्फेंको अध्यक्षतामा ५६ सदस्य सदस्य गाउँपालिकाको कार्य समिति गठन गरिएको छ। गठित समितिको उपाध्यक्षद्वयमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाम्फे र सचिव पुर्णकुमार मिफोक, उपसचिवद्वयमा नितेष सम्बाहाम्फे, अमर कुमार लावती त्यस्तै कोषाध्यक्षमा तेजप्रकाश लाओती सहित ५६ सदस्य समिति गठन गरिएको हो।

सोही कार्यक्रममा कुम्मायक १ को वडा कार्यसमिति पनि गठन गरिएको छ। तिर्थराज लाओतीको अध्यक्षतामा २३ सदस्य वडा समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा साईमन लावती, सचिबमा फुलकुमारी लाओती, सहसचिव लोकेन्द्र लाओती सहित २३ सदस्य वडा समिति गठन गरिएको छ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सल्लाहकार प्राडा. महेन्द्र लाओतीले पहिचान सहितको संघीयता स्थापना गर्दै सुशासन र सस्कृतिको लागि अघि बढ्ने बताए। उनले अहिले प्रदेशको कोशी नाम खारेजी सङ्युक्त संघर्ष समितिको माग स्थापित गराउँन पुर्ण समर्थन रहेको बताउँदै लाओतीले पहिचानबादीको आन्दोलनलाई खेलाचीको लडाइँ नठान्न चुनौति दिए। उनले आम सरोकारवाला तथा उत्पीडनमा राज्यले पारेका न्यायप्रेमी रैथाने  नागरिकको हकहित सुनिश्चितताका निम्ति उठेको बुलन्द आवाज भएको प्रष्ट पारे।
कार्यक्रममा पाटीका केन्द्रिय सल्लाहकार कर्ण लाओती, केन्द्रिय सल्लाहकार असिम पालुङ्वा, प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन, राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, मुख्य सचिब केदार धिमाल, जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, लगायतको उपस्थितिले नवनिर्वाचित पार्टी पदाधिकारीहरुलाई शुभकामना साथै संगठन बिस्तारमा खट्न निर्देशन दिएका थिए। कार्यक्रम जनता समाजवादी पार्टी नेपाल कुम्मायक गाउकार्य समितिका अध्यक्ष  तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ