Comments Add Comment

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धदेवी नवमीडाँडा माविलाई

दिपक दुलाल, पौष १
फाल्गुनन्द गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ।
फाल्गुनन्द गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी  ८ स्वर्णपदक, ६ रजत पदक र ४ कांस्यपदक  प्राप्त गरेर सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गर्न सफल भएको हो।
यस्तै ७ स्वर्णपदक, ५ रजतपदक र ८ कांस्यपदकका साथ  जयनारायण आदर्श मावि मेहेलबोटेले दोस्रो स्थान प्राप्त गरेको छ। यसवर्षको खेल आयोजक घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले ५ स्वर्णपदक, ६ रजत पदक र १ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ।
यसैगरी जनकल्याण मावि फाक्तेपले ४ स्वर्णपदक, ४ रजत पदक र २ कांस्यपदक प्राप्त गरेको छ । सत्यहाङ्मा मावि इम्बूङले २ स्वर्णपदक ५ रजत पदक र ३ कांस्यपदक,ज्योति मावि दोबाटेले २ स्वर्णपदक, १ रजत पदक र ३ कांस्यपदक, जलसिंह मावि चिम्फुलाले १ स्वर्णपदक १ रजत पदक र ४ कांस्यपदक, ,सारताप मावि सारतापले १ रजत पदक र २ कांस्यपदक,  कृष्ण मावि चिलिङ्देनले १ रजत र १ कांस्यपदक,सारताप मावि सारतापले १ रजत पदक र २ कांस्यपदक र सिद्धेश्वरी मावि चिलिङ्देनले २ कांस्यपदक जित्न सफल भएका छन्। 
प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे,विशेष अतिथि गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ,प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतले कप,मेडल,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
यहि मंसिर २८, २९ र ३० गते फाल्गुनन्द गाउँपालिका वडा नं.५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालय घुर्विसे पञ्चमीमा सञ्चालन भएको यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्धघाटन गर्नुभएको थियो।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका  प्रतिनिधीहरु, अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिकाभरीका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ