पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। कुम्मायक–१ गौरिगाउँ घर भएका ८३ वर्षीय चन्द्रमान तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन।
इलाका प्रहरी कार्यालय यासोका प्रमुख स.ई सन्तोष गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज विहान ९ः२० बजे तामाङलाई मृत अवस्थामा फेला पारेको थियो। घट्नाको विषयमा थप अनुसन्धान गर्न तामाङका दुई छोरा ४५ वर्षीय घनेन्द्र र ४० वर्षीय देबेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक तामाङको सव पोष्टमाटमको लागि जिल्ला अस्पताल पठाएको छ।
.jpg)
.png)