Comments Add Comment

प्रदेश प्रमुखद्धारा लावतीको शालिक अनावरण, दश लाखको कोष स्थापना 

रमेश थापा 
पाँचथर ः पाँचथरको फिदिमा निर्माण गरिएको स्व.पद्मसुन्दर लावतीको सालिक प्रदेश प्रमुख पशुराम खापुङले अनावरण गरेका छन । सोमबार फिदिम नगरपालिकाको अस्पताल मोडमा निर्माण गरिएको पुर्व मन्त्री स्व. लावतीको सालिक खापुङले अनावरण गरेका हुन । फिदिमको आहाल गौरीमा निर्माण गरिएको सालिक सडक चौडा गर्ने क्रममा हटाइएको थियो । लावतीको सालिक पुन निर्माण गर्न विजयबोध लावतीेको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी शालिक निर्माण गरिएको थियो । चासोक तङनामको अवसरमा निर्माण सम्पन्न भएको शालिकको अनावरण प्रदेश प्रमुख खापुङले गरेका थिए ।


शालिक अनावरण गर्दै खापुङले लावती विकासबादी व्यक्ति भएको भन्दै जिल्ला र पूर्वको मात्रै नेता नभई उनि राष्ट्रकै अब्बल नेता भएको बताए । ‘मैले लावतीलाई अभिभावकको रुपमा लिएको छु । पाटीको बैठक लगायत बिभिन्न स्थानमा जनताको हित र विकासको क्षेत्रमा प्रष्ट रुपमा आफ्नो कुरा राख्ने नेता लावती भएको दावी गरे । 
कार्यक्रको अवसरमा पूर्व संविधान सभा सदस्य आइन्द सुन्दर नेम्वाङ, पूर्व प्रदेश सामसद आसारत्न जबेगु, कांग्रेस जिल्ला सभापती रुपनारायण जबेगु लगायतका बक्ताहरुले पाँचथरको विकास निर्माणमा लावतीको योग्दानलाई भुल्न नहुने बताए । स्वगीय लावतीको छोरा राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले बुबाको योग्दानको अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । 
सोही कार्यक्रममा दश लाख लाख रुपैयाँको स्व.पद्मसुन्दर लावती प्रतिस्ठान कोष स्थापना गरिएको छ । शालिक निर्माणको लागि देश विदेशबाट संकलन भएको सहयोग रकम समितिले सार्वजनिक गरेको छ । नेपालमा संकलन भएको १४ लाख २३ हजार २५० रुपैयाँ, त्यस्तै बेलायतबाट ३ लाख ७७ हजार ७४ रुपैयाँ, दक्षिण कोरिया १ लाख २६ हजार ३३२ रुपैयाँ र फिदिम नगरपालिकाबाट २ लाख रुपैयाँ गरी २० लाख ६६ हजार ३९१ रुपैयाँ संकलन भएको समितिले जनाएको छ । त्यस मध्ये शालिकको स्तम्भ निर्माण २ लाख १७ हजार र शालिक निर्माण साथै ढुवानी खर्च १० लाख गरी १२ लाख १७ हजार खर्च भएको आर्थिक संकलन समिति अध्यक्ष होम कुमार लावतीले बताए ।
कार्यक्रमा शालिक निर्माणमा सहयोग गर्ने व्यक्ति संघसस्था र दाताहरुलाई प्रशंसा पत्र पदान गरी सम्मान सहित सास्कृतिक झाँकी समेत प्रर्दशन गरिएको थियो । लावतीको १९९६ सालमा जन्म भई २०६२ साल जेष्ठ २९ गते निधन भएको थियो । पञ्चायतकाल देखि निरन्तर राजनीतिक क्षेत्रमा कृयाशिल भएका लावती पूर्व गृहमन्त्री सहित १२ पटक मन्त्री भएका थिए ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ