Comments Add Comment

उद्योग बाणिज्य संघ यासोकद्धारा जनप्रतिनिधि र कर्मचारी सम्मान

रमेश थापा 
पाँचथर
: पाँचथरको उद्योग बाणिज्य संघ शाखा यासोकले जनप्रतिनिधि र कर्मचारी सम्मान गरेको छ । संघले कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र संघका नि.वर्तमान अध्यक्ष र पूर्व अध्यक्षलाई सम्मान गरेको हो । संघले कुम्मायक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष सहित पाँच वडाका २९ जना जनप्रतिनिधि सम्मान—पत्र र खादा सहित सम्मान गरेको छ ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाँङ आङ्देम्वे, वडा नं. ६ का वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बे र वडा नम्बर ७ का वडाअध्यक्ष देउकुमार आङदेम्बेलाई सम्मान गरेको हो ।  त्यस्तै कुम्मायकका प्रमुख प्रशासकिय अधिकृत देवी तुम्वापो, संघका नि.वर्तमान अध्यक्ष मेघराज निरौला र पूर्व अध्यक्ष नरेन्द्र बोहोरालाई पनि सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले उद्योग बाणिज्य संघले भाडाको कोठाबाट लामो समयदेखि सेवा प्रभाह गर्दै आएको बताउदै गाउँपालिकाले भवन निर्माणको लागि जग्गाको व्यवस्थापनमा पहल गर्ने बताए ।  सोही अवसरमा उपाध्यक्ष महेन्द्र बहादुर खड्काले विगतका दिनमा धेरै दु:खले हुर्काएको संस्थालाई गाउँपालिकाले संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । उद्योग बाणिज्य संघसंग समन्वय गर्दै आगामी दिनमा अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए । उनले संघको कार्यालय व्यवस्थापनमा पालिकाले आवश्यक सहयोग गर्ने बताए ।

उद्योग बाणिज्य संघ व्यवसायिहरुको छाता सङ्गठन भएकाले व्यवसायिक हक र अधिकारलाई सुरक्षित गर्न पालिकासंग निरन्तर सहकार्य गर्ने उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल पोख्रेलले बताए । आगामी दिनमा पालिकासंग निरन्तर सहकार्यको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ