रमेश थापा
पाँचथर– प्रदेश प्रमुख पशुराम खापुङले स्वर्गीय.पद्मसुन्दर लावती राष्ट्रिय राजनीतिका अब्बल नेता भएको बताएका छन । लावती सिमित क्षेत्र, जिल्ला र पूर्वको मात्रै नभएर राष्ट्रिय तहको अब्बल नेता भएको बताए । पाँचथरको सदरमुकाम फिदिम स्थीत अस्पताल मोडमा निर्माण गरिएको स्वर्गीय पद्मसुन्दर लावतीको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै खापुङले लावती विकासवादी नेता भएको स्मरण गर्दै जिल्ला र पूर्वाञ्चलको मात्र नभएर राष्ट्रिय तहको अब्बल नेता भएको दावी गरे ।
लावतीको स्मरणमा सम्बोधनको सबै समय खर्चिएका खापुङले भने् कतिपय नेता जस्केलाबाट छिर्न चाहन्थे तर लावती जहिले पनि जनताको जनमतबाट स्थापित हुने बाटो रोज्ने साहसी, निडर र दुरदृष्टी राख्ने अब्बल नेता लावती हुन ।”
शालिक अनावरणको क्रममा स्वर्गीय लावतीका छोरा प्रा.डा.महेन्द्र सुन्दर लावती, राप्रपा प्रवक्ता सगुन सुन्दर लावती, कांग्रेस जिल्ला सभापती रुपनारायण जबेगु, पूर्व प्रदेश सामसद आशारत्न जबेगु साथै संविधान सभा सदस्य आईन्द्र सुन्दर नेम्वाङ लगायतक बक्ताहरुले लावतीको योग्दानलाई सम्मान गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
.png)