रमेश थापा
पाँचथर- पाँचथरको फिदिम–७ रानिटारस्थित बजारजु खेलमैदनमा सम्पन्न भएको पाँचै फिदिम नगर कपको उपाधि पाँचथर फुटबल क्लबले उचालेको छ। रानिटारमा सम्पन्न भएको फाइनल खेलमा झापाको शनिश्चरे एफसीलाई १–० गोलको कठिन जित निकाल्दै पाँचथरले उपाधि हात पारेको हो।
पाँचथरको जितमा क्याप्टेन रोशन आङ्देम्बेको पासलाई ‘हेड’ मार्फत पारस कार्कीले सुन्दर गोल गरेका थिए । दोस्रो हाफको १६ औँ मिनेटमा कार्कीले गरेका गोल नै उपाधिको लागि निर्णायक बन्यो। झापाले सुरुवाती समयदेखिनै आक्रमक खेल प्रस्तुत गरे पनि महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझायो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पाँचथरका मिराक खजुम भए । यस्तै, पाँचथरकै पारस कार्की म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्ता झापाका प्रदिप बुढाथोकी भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी पाँचथरका जमिन लक्सम बने । स्वतन्त्र फुटबल क्लब रानिटारले आयोजना गरेको पाँचौ संस्करणको उपाधि विजेता पाँचथर फड्वल क्लबले नगद १ लाख ८० हजार र उपविजेता झापाले नगद ९२ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र हात पारेको थियो। प्रतियोगिताको विजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति समेत रहेका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार प्रदान गरेका थिए।
.jpg)
.png)