रमेश थापा
पाँचथर÷सामान्यतया एउटा पुल बन्न कति समय लाग्छ ? तीन वर्ष, ६ वर्ष, वा दश वर्ष । तर अनौठो त के छ भने १२ वर्षमा आधा पुल पनि बन्दैन भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लाग्ने पुल हो तमोरको लुवुघाटमा निर्माणधीन मोटरेवल पुल । पाँचथर र तेह्रथुम जिल्लालाई छोटो दुरीमा जोड्ने पुल ठेकेदारको बद्मासीको कारण बाह्र वर्षदेखि अलपत्र अवस्थामा छ ।
ठेकदारले पुल अलपत्र पारेको भन्दै पछिल्लो समय तेह्रथुम र पाँचथरका स्थानीयवासी सहित जनप्रतिनिधि आन्दोलित बनेका छन । तेह्रथुमको म्याङलुङ नगरपालिका प्रमुख सञ्जय कुमार तुम्बाहाम्फे र पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का नेतृत्वको टोलिले पुलको अनुगमन र निरिक्षण गरेको छ । दुबै जिल्लाका जनप्रतिनिधि र राजनीतिकदलका प्रतिनिधिहरुले अलपत्र पुलको काम २०८१ असार भित्रै पुरा गराउन पहल गर्ने निणर्य गरेको छ । पुल निर्माणको लागि आवश्यक बातावरण बनाउदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा डेलिकेसन गर्ने र तोकिएको समयमा ठेकेदार कम्पनीले पुलको काम पुरा नगरे कानुनी कारवाहीको लागि नेपाल सरकारसंग माग गर्ने बिषयमा निर्णय भएको म्याङलुङ नगरपालिका प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले बताए ।
हामीले धेरै पटक ठेकेदार, मन्त्रालयमा र सम्बन्धि कार्यालयलाई ध्यानाकषर्ण गरायौं । जिल्लामा दबवामुल संघर्ष समिति गठन भएको छ । उस्ले पनि दबाव सृर्जना गर्दै आएको छ तुम्बाहम्फेले भने ् । यति धेरै खबरदारी हुदा पनि पुल अझै बनेन । अब अन्तिम बिकल्पको रुपमा दुबै जिल्लावासी र जनप्रतिनिधि मिलेर अघि बढ्नु पर्ने भएकाले त्यो विषयमा छलफल गरेका छौ । उनले भने ठेकेदारको मनोमानी विरुद्ध एक भएर अघि बढ्छौ ।”
यता कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले पनि पुल निर्माणको विषयलाई लिएर चिन्ता व्यक्त गरे । उनले दुबै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले पुल निर्माणको विषयलाई गम्भिर रुपले लिएको भन्दै ठेकेदार र सरकारलाई स्थानीय सरकारको तर्फबाट निरन्तर खबरदारी गर्ने जनाए । “समयमै पुल निर्माण नहुदा दुबै जिल्लाबासीले लामो समयदेखि सास्ती पाएका छन । खड्काले भने् यो विषयमा हामी जानकार छौ । अब पनि पुल बनाउन ढिला गरे आन्दोलनको स्वरुपबाट दबाव सृर्जना छौं ।”
२०६९ सालमा स्वच्छन्न निर्माण सेवा काठमाडौले १३ करोडको लागतमा पुल निर्माणको काम अघि बढाएको थियो । पुल निर्माणको सुरुवाती समयदेखि बिभिन्न बाहानाबाजी गर्दै आएको ठेकेदारले बाह्र वर्षमा पनि पुल बनाएको छैन । स्वस्च्छन्द निर्माण सेवा काठमाडौंले तीन वर्षमा पुलको काम पुरा गर्ने गरी २०६९ सालमा ठेक्का लिएको थियो । तर २०७२ सालमा पुलको काम पुरा नभएपछि पुनः २०७३ देखि एक वर्षको लागि म्याद थप भयो । तर त्यो समयमा पनि पुलको काम पुरा नभएपछि पटक–पटक गर्दै हालसम्म ४ पटक म्याद थप गरेको छ । पटक–पटक म्याद थप गर्ने काम पुरा नगर्ने ठेकेदारको प्रवृतिका कारण स्थानीय निराश भएका छन ।
ठेकेदार कम्पनीले आगामी २०८१ असार मसान्तमा पुलको काम पुरा गर्ने बताएको छ । जस्को लागि अन्तिम पटक भन्दै सडक डिविजन कार्यालय धनकुटाले म्याद थपको तयारी गरेको छ । थपिएको म्याद २०८१ साल असार मसान्तसम्म हुने कार्यालयका प्रमुख राम कुमार देवले बताए । बाह्र वर्षको अवधिमा ठेकेदार कम्पनीले ५० प्रतिशत भौतिक प्रगति र ४२ प्रतिशत वित्तिय प्रगति गरेको कार्यालयको दावी छ ।
यता ठेकेदार कम्पनीले पिलर निर्माण गर्न प्राविधिक कठिनाई उत्पन्न भएको भन्दै ठेकेदारले पुल निर्माणको काम स्थगित गरेको छ । निर्माण स्थलमा पुलको पाँचौ पिलर निर्माण गर्ने क्रममा चटान फेला परेपछि डिविजन कार्यालय धनकुटालाई जानकारी गराईएको निर्माण कम्पनीले जनाएको छ । पिल्लर निर्माणको लागि ११ मिटर गहिराइसम्म जानुपर्ने हुन्छ तर अहिले डेढ मिटरमै चटान देखा परेकाले काम गर्न समस्या भएको निर्माण कम्पनीका प्रमुख जयराम लामिछानेले बताए ।
पुलको १ सय ४९ मिटर लम्बाइ मध्ये ९२ मिटर ढलान गर्नुपर्ने छ भने बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राख्नुपर्ने हुन्छ । खोलाको बीच भागमा ४ वटा पिलर निर्माण गरी ढलान गरेको पुल वारिपारि जोडिएको छैन । ठेकेदार कम्पनीले देखाएको लापरवाहीका कारण दुबै जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका छन । समयमै पुल निर्माण नहुदा लागत खर्च बढ्न गई सरकारलाई समेत ब्ययभार परेको कतिपयको गुनासो छ ।
.png)