Comments Add Comment

संसदमा राप्रपा सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरे

काठमाडौं, २७  वैशाख । प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका हुन् । 

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । 

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ