Comments Add Comment

सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक

सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ।

सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्।

रोशा हाङसरुम्बा लिम्बु र सन्दिप तुम्रोकको निर्माण रहेको भिडियोलाई पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ। भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन्। श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ।

त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए। सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ।

भिडियो लिंकः

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ