यासोक- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औं वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा वि.सं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ। यसैबिच पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैँकको यासोक शाखाले पनि ५९ औँ बार्षिककोत्सव मनाएको छ। कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उत्सव भनाएको हो।
२०७९ साल पुष २८ गते संचालनमा आएको शाखामा ९ करोड बचत छ भने ३ करोड लगानी गरेको शाखा प्रमुख मनोज थाम्सुहाङले बताउनु भयो। बैकमा १ हजार जनाले खाता खोलेको पनि उहाँको भनाई छ। यासोक शाखामा सबै भन्दा बढि बचत गर्ने २ जना ग्राकहरुलाई सम्मान पत्र र खादा सहित सम्मान पनि गरिएको छ। सम्मानित हुनेमा बंम बहादुर बोहोरा र हिमा ढकाल रहेका छन। बैँकले बिभिन्न र्शिषकमा ९ वटा कर्जा लगानी गरेको छ।
राष्ट्रिय वाण्ज्यि बैँक केन्द्रिय कार्यालयमा विसं २०८० असार मसान्तसम्ममा बैंकको कुल निक्षेप ३३८ अर्ब, कुल कर्जा २५७ अर्ब रहेको छ। ग्राहक संख्या ४१ रहेका छन बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ।
.png)