Comments Add Comment

कुम्मायकमा सर्वदलिय र सर्वपक्षिय बैठक, ६ महत्वपूर्ण निर्णय सार्वजनिक

रमेश थापा
यासोक–पाँचथरको कुम्मायक गाउँपालिकामा भएको र्सवदलिय र सर्वपक्षिय बैठकले बजार व्यवस्थापन देखि कालोपत्रेको काममा सहजिकरण गर्ने विषय सहित ६ वटा निर्णय गरेको छ । कुम्मायक गाउँपालिकाको कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा बसेको बैठकले माघ १५ गतेदेखि हाटबजार व्यावस्थित गर्न लावतीको शालिक र गाउँपालिका भवन क्षेत्र तोकेको छ । बजारको बीचमा कृषिजन्य बस्तु बिक्री बितरण गर्ने र पालिकाको भवन छेउको खाली स्थानमा अन्य व्यावसाय बिक्री बितरणको लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बजारको रानीगाउँ लाइमा पशुचौपाय खरिद विक्रीको लागि घेराबारा गरी ब्यवस्थापन गर्ने निर्णय गरेको छ । सोही बैठकले गाउँपालिका भित्र निर्माणको काम भइरहेको भन्दै निर्माण व्यवसायिहरुले निर्माण सामाग्री ओसारपसार गर्दा बजारमा धुलाम्मे सडकमा पानी छ्याप्नु पर्ने निर्णय गरेको छ । 
बैठकले गरेको महत्वपूर्ण निर्णय अन्तरर्गत यासोक सरखण्डे कालोपत्रे काम गर्दै आएको लामा च्याम्मिला जेभीलाई यासोक बजार केन्द्रमा कालोपत्रे गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

यता यो विषयमा निर्माण व्यवसायी लक्ष्मण आचार्य सुरुमै कालोपत्रेको काम बजार क्षेत्रमा केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन । निर्माण कम्पनीले बजारको रानीगाउँ लाइन स्थित डिपबोरिङ क्षेत्रको भुगोलमा समस्या देखा परेको भन्दै तत्काल सो क्षेत्रको समस्या समाधान गरी कालोपत्रेको कामलाई अघि बढाउन पहल गर्ने निर्णय भएको छ ।
बैठकले यासोक बजार क्षेत्रको सडक बक्ति जडान गर्न उद्योग बाणिज्य संघलाई जिम्मा दिने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोग तथा संघको अगुवाईमा सडक बत्ती जडान गर्न लागिएको हो । पालिकाको चालु आर्थिक वर्षको नविकरणीय उर्जा ÷बायोग्यास शिर्षक अन्तरर्गतको बजेटबाट सडक बत्ती जडान गर्ने निर्णय गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ