Comments Add Comment

डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौँ, १५ माघ । डिआर कंगो र गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा डिआर कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८-७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा डिआर कंगोले ८-७ ले खेल जितेर क्वाटरफाइनलमा पुगेको हो ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा गिनीले इक्वेटोरियल गिनीलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

अब क्वाटरफाइनलमा गिनीको सामना डिआर कंगोसँग हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ