रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा मगर समुदायको रोधि घर निर्माण सुरु भएको छ। कुम्मायक–१ नम्बर वडाको चालु आर्थिक वर्ष २०८०/०८१ को ८ लाख रुपैयाँबाट भवन निर्माण अघि बढेको हो। मगर समुदायको लागि निर्माण गरिएको रोधि घरको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले शिलान्यास गरेका छन। ‘मगर सभ्यता सहितको समृद्धि मगर समाज निर्माण अभियान’ अन्तरर्गत कोशी प्रदेशमा पहिलो भवनको रुपमा रोधि घर निर्माण गर्न लागिएको मगरसंघ कुम्मायक अध्यक्ष अशोक राना मगरले बताए। वडाले मगर समुदायको भेषभूषा र भाषा संरक्षण गर्न बजेट बिनियोजन गरी संरक्षण गर्दै आएको भन्दै यसले मगर समुदायको हक र अधिकारलाई शुरक्षित गरेको मगरको भनाइ थियो।
भवन निर्माणको शिलान्यास गर्दै वडाअध्यक्ष लावतीले वडाको क्रमागत बजेट अन्तरर्गत चालु आर्थिक वर्षको ८ लाख र आगामी आर्थिक वर्षको कुल १४ लाखको लागतमा भवन निर्माण कार्य अघि बढेको बताए। वडाले बिभिन्न जाताजाती र भाषाभाषीको क्षेत्रको संरक्षण र सर्वद्धन गर्न वर्षेनी बजेट व्यवस्थान गर्दै आएको भन्दै यसलाई निरन्तरता दिने समेत बताए।
वडामा निर्माण हुने रोधि घरमा सभाहल, पुस्तकालय, र अफिस गरी तीन कोठे पक्की भवन निर्माण गर्न लागिएको छ। उपभोक्ता समिति मार्फत भवन निर्माणको काम हुदै आएको मगरसंघ कुम्मायकका सचिव गणेश समाल मगरले जनाए।

.png)