Comments Add Comment

युभेन्टस इन्टर मिलानसँग पराजित

काठमाडौँ, २२ माघ । इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा खेलको ३७औं मिनेटमा युभेन्टसका फेडेरिको गट्टीले गरेको आत्मघाती गोल नि खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इन्टर मिलानको २२ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यसैगरी युभेन्टसको भने २३ खेलमा ५३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

   
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ