Comments Add Comment

काग्लिअरीमाथि रोमा ४-० ले विजयी

काठमाडौं, २३ माघ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले काग्लिअरीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रोमाले काग्लिअरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने लोरेंजो पेल्लेग्रिनी र डीन हुइजसेनले एक एक गोल गरेका थिए । रोमाले योसहित पछिल्ला चार खेलमा लगातार जित हासिल गरेको छ ।

यो जितपछि रोमा २३ खेलमा ३८ अंकसहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी काग्लिअरीको भने २३ खेलमा १८ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ