Comments Add Comment

लुवुघाटको मोटरेवल पुल: संघर्ष समिति संयोजकमा नगरप्रमुख तुम्बाहाम्फे

रमेश थापा
पाँचथर: लुवुघाटमा निर्माणधिन मोटरेवल पक्की पुल निर्माणमा दवाव दिन नगरप्रमुख सञ्जय तुम्बाहाम्फेको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ। पाँचथर र तेह्रथुम जोड्ने पक्की पुल १२ वर्षदेखि अलपत्र अवस्थामा छाडेको भन्दै दबाव दिने उदेश्यले तेह्रथुमको म्याङलुङ नगरप्रमुख तुम्बाहाम्फेको नेतृत्वमा ९ सदस्य संघर्ष समिति गठन गरिएको हो। 
तेह्रथुमको म्याङलुङ नगरपालिका स्थीत उद्योग बाणिज्य संघको हलमा बसेको सर्वपक्षिय र सर्वदलिय भेलाले तुम्बाहाम्फेको नेतृत्वमा नया समिति गठन गरेको हो। समितिको सह-संयोजक डिल्ली नेपाल, सदस्य सचिव अर्जुन ढुंगाना, सदस्यहरु १ नं. वडाका वडाअध्यक्ष बुद्धिराज लिम्वु, दिपेन्द्र कुमार लिम्वु, भगवान रिजाल रहेका छन । त्यस्तै डिकेन्द्र तुम्वाहाङफे, राजिव ढुंगाना, लक्ष्मी कार्की र ठगमाया भण्डारी गरी ९ सदस्य समिति गठन गरिएको हो। गठित समितिले तत्कालै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
यस अघि पुल निर्माणको दबाव समिति अध्यक्ष अर्जुन ढुंगाना थिए। अहिले उहाँ तुम्बाहाम्फेको संयोजकत्वमा सदस्य सचिवमा रहेर काम गर्ने जनाइएको छ। लामो समयदेखि ठेकेदारको लापरवाहीको बिषयमा आवाज उठाउँदै आएका तेह्रथुमबासी संघर्ष समिति गठन गरी दबाव दिदै आएका छन।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ