दिपक दुलाल,माघ २८
साहसी महिला बहुउद्धेश्यीय शहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७९/०८० को आयव्यय तथा प्रगती र आगामी वर्षको प्रस्तावित कार्यक्रमहरु पारित गर्दै संस्थाको आफ्नै भवनमा साधारण सभा सम्पन्न भएको हो।
उक्त शहकारी संस्थाकी अध्यक्ष निर्मला कन्दङ्वा आङ्देम्बेले संस्थाको सांगठानिक तथा प्रगती प्रतिवेदन र कोषाध्यक्ष विष्णु अधिकारी लुइँटेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारण सभाले स्वीकृत गरेको छ।
२०७२ सालमा स्थापना भएको उक्त महिला शहकारी संस्थामा हाल २ सय ९० जना शेयर सदस्य रहेको र संस्थागत नाफा २ लाख ८२ हजार ९ सय ७७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महिला शहकारीको साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडासदस्य हर्कमाया नेपाली, विशेष अतिथि सिद्धेश्वरी मावि सुर्केनागीका प्रधानाध्यापक दिपक प्रसाद दुलाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रम साहसी महिला बहुउद्धेश्यीय शहकारी संस्था लिमिटेडकी अध्यक्ष निर्मला कन्दङ्वा आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो।
.png)