Comments Add Comment

पाँचथर गोल्ड कप आजबाट सुरु

भीमकुमार बाँस्कोटा फिदिम 

पाँचथर सदरमुकाम फिदिममा सञ्चालन हुने चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएसंगै आजबाट सुरु हुने भएको छ। आयोजक पाँचथर क्लबले शुक्रवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले गर्ने भएका छन्। शनिबार दिनको १ बजे फिदिम माविको खेल मैदानमा हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र सप्तरीको नमोबुद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजन क्लब त्रिभुवन आर्मीसहित आठ टिमले सहभागिता जनाउने भएका छन्। आईतबार हुने प्रतियोगितामा झापा ११ फुटबल क्लबसँग इलामको रेडहर्स फुटबल क्लब भिड्नेछ। सोमबार हुने खेलमा सर्लाहीको बाग्मती युथ क्लबसँग मोरङको पथरी ११ फुटबल क्लब भिड्नेछ । मंगलबार हुने खेलमा भारतको हिल्स फुटबल एकेडेमीले ए डिभिजन क्लब त्रिभुवन आर्मीको सामाना गर्नेछ । प्रतियोगिताको बिजेता टिमले पाँच लाख पाँच हजार र उपबिजेता टिमले दुई लाख ५५ हजार नगद पुरस्कार सहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले जानकारी दिए ।

फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको म्यान अफ दी म्याचले पाँच हजार, सर्बोत्कृष्ट खेलाडी, सार्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कउष्ट मिडफिल्डर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको फ्यान अफ दी म्याचलाई पनि दुई हजार पाँच सय पुरस्कार प्रदान गर्ने आयोजकले तयारी गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ