Comments Add Comment

याङवरकमा तीन दिने योग शिविर सम्पन्न

फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पुमा तीन दिने योग विज्ञान शिविर सम्पन्न भएको छ। याङवरक–४ थर्पु स्थित सामुदायिक भवनमा फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको योग शिविरमा ६२ जनाले सहभागिता जनाएका थिए। याङवरक गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समिति पाँचथरको प्राविधिक सहयोग उक्त शिविर सम्पन्न भएको हो । पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी, महिला अध्यक्ष भक्ताकुमारी डाँगी, महिला उपाध्यक्ष भीमाकुमारी दाहाल, संगठन मन्त्री डिल्ली अर्याल, युवा सदस्य राजेन्द्र अधिकारी लगायतले शिविरमा सहजिकरण गर्नुभएको थियो। 

योग शिविरमा याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बो, प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल, वडा नं. ३ का वडाध्यक्ष बिमल राई लगायतको सहभागी रहेको थियो। शिविरमा गाउँपालिका उपाध्यक्ष मेन्याङ्बोले उद्घाटन गर्नुभएको थियो।  शिविरपश्चात पतञ्जली योग समितिको याङवरक गाउँपालिका समिति समेत गठन गरिएको पतञ्जली योग समिति पाँचथरका युवा सदस्य एवम् जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो। याङवरक–३ का वडाध्यक्ष बिमल राईको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका समिति गठन गरी योगसम्बन्धी गतिविधिलाई नियमित रुपमा अघि बढाउन लागिएको अधिकारीले वताउनुभयो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ