पाँचथर- पृथ्वी जयन्तीको अवसरमा रणशेर गणले विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पृथ्वीनारायण शाहको एकिकरण अभियान र राष्ट्रिय एकता शिर्षकमा प्रतियोगिता भएको थियो । प्रतियोगितमा ५ विद्यालयका १० विद्यार्थी सहभागि भएका थिए । प्रतियोगितामा फिदिम मा.वि. की समिक्षा न्यौपाने प्रथम, गडि मा.वि. की रोसनी राना द्धितिय र गडी मा.वि. कै पेम्बा शेर्पा तृतिय भएका थिए । प्रथमले ३ हजार रुपैँया नगद, स्टेशनरी प्राप्त गरे भने द्धितियले ३ हजार र तृतियले २ हजारले रुपैँया पुरस्कार प्राप्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको औचित्यबारे गणपति सुरज राउतले प्रकाश पारेका थिए । उक्त प्रतियोगिता रणशेर गणमा भएको थियो ।
.png)