रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा जारी पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा याङवरक र हिलिहाङ गाउँपालिका प्रवेश गरेका छन। पृथ्वी माविको खेल मैदानमा भएको दोस्रो दिनको खेलमा फिदिम नगरपालिकालाई २–१ ले हराउदै याङवरक सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै तुम्बेवालाई ट्राइब्रेकरबाट ४–२ को अन्तरले हराउँदै हिलिहाङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका हो।
याङवरकको जितको लागि मनिल योङ्या र सौगात लिम्बूले गोल गरेका थिए। फिदिमको तर्फबाट अतित आङ्वोले सान्त्वना गोल फर्काएका थिए। दोस्रो खेलको प्रतिस्प्रधामा हिलिहाङ र तुम्बेवा गाउँपालिका बीच २–२ को बराबरी भएको थियो । खेल बराबरीमा रोकिएपछि ट्राईब्रेकर मार्फत तुम्बेवा बिरुद्ध ४–२ को सहज जित निकाल्दै हिलिहाङ सेमिफाइनमा प्रवेश गरेको हो। प्रतियोगिताको उकृष्ठ खेलाडीको रुपमा याङवरका न्युसन योङहाङ र हिलिहाङका बाबा लिम्बू घोषित हुदै ट्रफी मेडल र नगद हात पारे।
भोली हुने तेस्रो दिनको पहिलो खेल फालेलुङ र फाल्गुनन्द गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जनाए। प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ।
.png)