रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कुम्मायक गाउँपालिका प्रवेश गरेका छ। तेस्रो दिनको दोस्रो खेलमा हिलिहाङ गाउँपालिकालाई २–१ अन्तरले हराउँदै कुम्मायक गाउँपालिकाले फाइनलको यात्रा शुरक्षित गरेको हो।
पृथ्वी माविको खेल मैदानमा भएको सेमिफाइनल खेलमा कुम्मायकका दिल सम्बाहाम्फले दोस्रो हाफको ११ र २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए। दबावमा परेको हिलिहाङका हिटलर लिम्बूले खेलको २९ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए। हिलिहाङले पाएको केही महत्वपूर्ण अवसर गुमाउँदा खेलमा फर्कन सकेन।
त्यस्तै तेस्रो दिनको पहिलो खेलको क्वाटर फाइनल खेलमा फाल्गुनन्द गाउँपालिका बिरुद्ध ५–१ को फराकिलो जित निकाल्दै फालेलुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको उत्कृष्ठ खेलाडी फालेलुङका रुपन राई र कुम्मायकका दिल सम्बाहाम्फे घोषित हुदै ट्रफि, मेडल र नगद हात पारे।
भोली हुने चौथो दिनको सेमिफाइनल खेल याङवरक र फालेलुङ गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जनाए। प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ। प्रतियोगिता चैत्र १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
.png)