रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा याङवरकलाई हराउँदै फालेलुङ गाउँपालिका फाइनलमा प्रवेश गरेको छ। बुधवार पृथ्वी माविको खेल मैदानमा भएको सेमिफाइनल खेलमा याङवरकलाई २–१ अन्तरले हराउँदै फालेलुङले फाइनलको यात्रा पक्का गरेको हो।

फालेलुङको तर्फबाट खेलको ३१ औ मिनेटमा दिपेन राईले गोल गरेका थिए। निर्धारित समय अवधिभर १–० अग्रता बनाएको फालेलुङले अतिरित्त समयको ३६ औं मिनेटमा रुपेन राइले गरेको गोलसंगै अग्रता दोब्बर बनाएको भएको थियो। याङवरकको तर्फबाट खेलको ३८ औं मिनेटमा अर्जुन योङहाङले सान्त्वना गोल फर्काएका थिए। खेलको उत्कृष्ट खेलाडी फालेलुङका रुपेन राई घोषित हुदै ट्रफि, मेडल र नगद हात पारे।
बिहिवार हुने फाइनल खेल फालेलुङ र कुम्मायक गाउँपालिका बीच हुनेछ। कुम्मायकले हिलिहाङ गाउँपालिकालाई हराउँदै फाइनमा प्रबेश गरिसकेको छ। दुबै गाउँपालिका उपाधिको लागि बिहिवार २ बजे भिड्ने कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जनाए। प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ। प्रतियोगिता चैत्र १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ।
.png)