Comments Add Comment

दोस्रो याङनाम गोल्डकप सुरु, कुम्मायकको विजयी सुरुवात

फिदिम- फिदिम–१० याङनामस्थित खलङगाटारमा याङनाम फुङ्नाम मेलाको अवसरमा आयोजित दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले विजयी शुरुवात गरेको छ। मंगलबार भएको उद्घाटन खेलमा कुम्मायकले आयोजक याङनाम फुटबल क्लब (सेतो) लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो।

फिदिम स्थित इमान सिंह रंगशालामा भएको खेलमा कुम्मायकका लागि दिल सम्बाहाम्फेले दुई गोल गरे भने थप एक गोल सुशिल लावतीले गरेका थिए। खेलमा दुई गोल गरेका कुम्मायकका दिल सम्बाहाम्फे म्यान अफ द म्याच समेत चुनिएका थिए । यो जितसँगै कुम्मायक सेमिफाइनलमा प्रवेश गरेको छ।

याङनाम फुटबल क्लब,पाँचथरको आयोजनामा शुरु भएको यस प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ