पाँचथर- जिल्ला प्रशासन कार्यालय पाँचथरले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएको छ । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।

यसरीनै जिल्लाका सबै आधारभूत तथा माध्यमिक विद्यालयको बार्षिक विदामा मिलान हुने गरी तथा विदाको अवधिमा सिकाई सहजिकरण निर्देशिका २०७७ ले गरेका व्यवस्था बमोजिम विद्यार्थीका सिकाईमा आवश्यक सहजिकरण गर्ने गरी २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गतेसम्म विदा दिएको छ ।
कोभिड-१९ को संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी मास्क, सेनिटाईजर अनिवार्य प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सार्वजनिक स्थलहरु ( कार्यालय, होटल, रेष्टुरेन्ट, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य कोभिड-१९ बिरुध्दको खोप लगाएको कार्ड साथमा राख्न र सम्बन्धित निकायले समेत कार्ड हेरेर मात्र प्रवेश गराउन निर्देशन दिएको छ ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । पछिल्लो समय कोभिड-१९ तिब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पौष २७ गते बसेको DCMC को बैठकको निर्णय अनुसार कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जानकारी गराएको छ ।
.jpg)
.png)