Comments Add Comment

विद्यार्थी टिकाउन वडाको पहल, स्कुल पोशाकदेखि छात्रवृतिसम्म

रमेश थापा
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या क्रमश घट्दै गएको छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावको रुचि निजी विद्यालयप्रति बढ्दो छ। सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थालेपछि कुम्मायक गाउँपालिका ५ नं. वडा कार्यालयले विद्यार्थी टिकाउन अनेक उपाय अपनाउन थालेको छ। वडामा ६ वटा सामुदायिक विद्यालय छन। जसमध्ये एक मावि, एक निमावि र चार आधारभूत विद्यालय रहेका छन। वडाका ६ वटा विद्यालयका २ सय ६५ विद्यार्थीलाई वडाले स्कुल पोशाक बितरण गरेको छ। वडाले चालु आर्थिक वर्ष २०८०/०८१ को २ लाख ७५ हजार रुपैयाँबाट ६ विद्यालयका २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको हो।

कक्षा १ देखि ५ कक्षासम्म अध्यायन गर्ने २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरिएको कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जनाए। वडाले वडाभित्र रहेका मा.वि, निमावि र प्राथमिक विद्यालय गरी ६ विद्यालयका विद्यार्थीहरुलाई पोशाक बितरण गरेको छ । सम्बन्धित विद्यालयको नाम लेखिएको पोशाक बितरण गरेपछि अभिभावकहरु उत्साहित बनेका छन। वडाले महेन्द्रोदय माविका ११८, गुह्येश्वरी निमाविका ३५, हिमालय आविका २५ जना त्यस्तै कागेश्वरी आवि ५५, देउराली आवि १३ र जनकल्याण आवि १९ गरी २६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरिएको वडा सचिव केशकुमार चेम्जोङले जानकारी दिए।
त्यस्तै वडाले चालु आर्थिक वर्षबाट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको छ। जस अन्तरर्गत वडाले एसइइमा उत्कृष्ट अंक ३.२ जिपिए भन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । त्यसैगरी कक्षा ५ बाट उत्कृष्ट अंक ल्याउने ६ वटा आधारभूत विद्यालयका एक–एक जना विद्यार्थीलाई ५ हजारको दर र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई नगद १० हजारको दरले पुरस्कृत गर्ने वडाअध्यक्ष निर्मलराज घिमिरेले जानकारी दिए।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ