Comments Add Comment

पाँचथरमा निशुल्क आँखा शिविर, ५०२ जनाले सेवा लिए

रमेश थापा
पाँचथर–
पाँचथर जिल्ला अस्पतालमा संचालन भएको निशुल्क आँखा शिविरबाट ५०२ जनाले सेवा लिएका छन । मंगलवारदेखि सुरु भएको शिविरको पहिलो दिन आँखा चेकजाँच, औषधी वितरण र शल्यकृया सहितको शिविरबाट ५०२ जनाले सेवा लिएका थिए । आजबाट बिहानबाट सुरु भएको शिविरको उद्घाटन फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले गरेका थिए । 
पाँचथर क्लवको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोग र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना भएको हो । शिविरमा ४ सय ७१ जनाको आँखा चेकजाँच, परामर्श र औषधी बितरण गरिएको थियो । साथै शिविरमा ३१ जनाको निशुल्क मोति विन्दुको शल्यकृया भएको थियो । पौष १० गतेबाट सुरु भएको शिविर पौष १२ गते अर्थात तीन दिनसम्म संचालन हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।    
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ