रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित अमृत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक र जुत्ता बितरण गरिएको छ । कक्षा–१ देखि ५ कक्षासम्मका ३६ जना विद्यार्थीहरुलाई सुसाङमा स्मृति अक्षयकोषद्धारा स्कुल पोशाक र जुत्ता वितरण गरिएको हो । अक्षयकोषको बार्षिक ब्याज रकम नगद ३० हजार रुपैयाँबाट विद्यालयका ३६ जना बिद्यार्थीलाई स्कुल पोशाक र जुत्ता प्रोत्साहन स्वरुप बितरण गरिएको अक्षयकोष संचालक समिति अध्यक्ष पदम फेवादेनले जानकारी दिए ।
विद्यालयमा स्थापना गरिएको ३ लाख रुपैयाँको सुसाङमा स्मृति अक्षयकोषको बार्षिक ब्याज रकमबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । विद्यालयमा स्थापना गरिएको ३ लाख रुपैयाँको बार्षिक ब्याज रकमको ७५ प्रतिशत विद्यालयमा खर्च गर्ने बाँकी २५ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक भेष बहादुर लावतीले बताए ।
बर्षेनी ब्याज रकम मुल कोषमा जम्मा गर्दै हालसम्म ३ लाख ७५ रुपैयाँ जम्मा गरिएको संचालन समिति अध्यक्ष फेवादेनले जनाए । क्रमश अक्षयकोषमा रकम जम्मा गर्दै आगामी वर्षसम्म ४ लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको अक्षयकोषदाताले जनाएका छन ।
.png)