Comments Add Comment

नक्कली नोटसहित एक जना भारतीय पक्राउ

२ पुस, महोत्तरी 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ ।  ११ हजारका नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत वस्ने नियन्त्रणमा लिएका  थिए ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ