Comments Add Comment

कुम्मायकमा महिला नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न


पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा महिला नेतृत्व विकास सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ । महिला शक्ति बिकास केन्द्रले आयोजना गरेको कार्यक्रममा महिलाको नेतृत्व विकास कार्यक्रम अन्तर्गत सामाजिक लेखा परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।  यासोक स्थीत जनभवनमा सम्पन्न भएको कार्यक्रममा महिलाको हक अधिकार, सुशासन पारर्दशिता र क्षमता विकास सम्बन्धि छलफल भएको थियो ।
कार्यक्रममा आर्थिक सामाजिक र राजनीतिक रूपमा महिलाहरुलाई कसरी सवलिकरण गर्न सकिन्छ भन्ने बारे छलफल भएको आयोजक संस्थाकी क्षेत्रीय सदस्य भुमिका आचार्यले बताउनुभयो । कार्यक्रमको सहजीकरण हुकुटेक नेपालका पाँचथर सहजकर्ता प्रेम ओझाले गर्नुभएको थियो । महिला नेतृत्व बिकास अन्तर्गतको लेखा परिक्षण सम्बन्धि बिषयबस्तुको बारेमा सहजकर्ता ओझाले सहभागीलाई जानकारी दिनुभएको थियो ।
वडाका आठ महिला समुह सस्थाका सदस्यहरु सहभागी कार्यक्रमा समुह ब्याबस्थापन, नागरिक सुसासन, उद्घोषण तथा नेतृत्व सीप बिकास तालिम सम्बन्धि चर्चा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ र बिशेष अतिथि उपाध्यक्ष सीता आचार्य लगायतका अतिथिहरुले महिलाहरूले क्षमता बिकास गर्न गाउँपालिकाले वर्षेनी बजेट बिनियोजन गर्दै आएको बताएका थिए । महिलाको क्षमता बिकास गर्दै नेतृत्व तहमा पुगेको बताउदै गाउँपालिकाले महिलाहरूको क्षमता र दक्षता बढाउने काम गर्दै आएको बिषयमा जोड दिएका थिए ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ